मौसमः निरन्तर झरी र भारी वर्षा हुने क्रम जारी, थप सतर्कता जरुरी – Nagarikabhiyan : National News

मौसमः निरन्तर झरी र भारी वर्षा हुने क्रम जारी, थप सतर्कता जरुरी

काठमाडौँ । निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका क्षेत्रका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएसँगै विपद्को पूर्वतयारी आवश्यक भएको छ ।

मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनु आवश्यक भएको बताए । उनका अनुसार प्रदेश ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

सोमबारदेखि कोसी, नारायणी, महाकाली नदीमा बहाव सतर्कता तह पुग्ने अनुमान गरिएको छ । मङ्गलबार कोसी बढेर तराईमा बाढी र डुबान हुनसक्ने भएकाले पूर्वतयारी गर्न भनिएको छ । अन्य नदीको बहाव उत्तिकै रहने अनुमान गरिएको छ ।