दशैँ बिदामा जाने सैनिकलाई सेनाले आफ्नै बस र हेलिकप्टरमा घरसम्म पुर्‍याउँदै – Nagarikabhiyan : National News

दशैँ बिदामा जाने सैनिकलाई सेनाले आफ्नै बस र हेलिकप्टरमा घरसम्म पुर्‍याउँदै

काठमाडौं । नेपाली सेनाले दसैं बिदामा जाने सैनिक र तिनकाे परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। सेनाले आफनै सवारी साधनमा बिदामा जाने सैनिकलाई घरसम्म पुयाउने व्यवस्था गरेको हो ।

सोमबारदेखि विजयादशमीको भोलिपल्ट एकादशीको दिनसम्म सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुयाउने व्यवस्था गरेको जङ्गी अड्डाले जनाएको छ ।

नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ ।