सडकमा घाइते, फरार चालक
१९ आश्विन २०७८, मंगलवार १५:३२
काठमाडौ । बिरामी छोरालाई भेट्न घर हिडेका काभ्रेका सुबास राई १ महिना अगाडि सवारी दुर्घटनामा परे । नयाँ बसपार्क बस्दै आएका सुबासको स्कुटरलाई पछाडीबाट आएको बोलेरो ले गौशलामा ठक्कर दियो । उनले दुर्घटनामा दुईवटा दात गुमाए भने नाकको हड्डी समेत भाच्चियो । उनको हात खुट्टामा चोटलाग्यो। तर उनलाई ठक्कर दिने बोलेरो चालक भने फरार रहे ।
पन्ध्रदिन अगाडि कलंकीबाट रत्नपार्क आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट जादै गरेको कारले टेकु नजिक सडकमा ठक्कर दियो। रामेछापका २३ बर्षीय सरोज श्रेष्ठ गम्भीर घाइते भए । उपचारको क्रममा उनको ट्रमा सेन्टरमा मृत्यु भयो । कारका चालक भेटिएका छैनन् । ट्रमा सेन्टरमै टाउको उपचार गराउँदै छन् इटहरीका समिर क्षेत्री । उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो २ हप्तादेखि ट्रमामा रहेका समिरको स्कुटरलाई ठक्कर दिने चालकलाई भने ५ दिन अगाडी सिसिटिभी क्यामेराको सहायताले पक्राउ गरिएको छ ।
अहिले सवारीसाधन एकआपसमा ठोकिएर हुने दुर्घटनाको संख्या उच्च रहेको छ । यसरी हुने दुर्घटनापछि मानवीय सेवा गर्ने अर्थात समयमै अस्पताल पु¥याउनुपर्ने आफ्नो मानवता समेत बिर्सिर्देेै गल्ती ढाक्न र सजायबाट बच्न धेरै सवारी चालक फरार हुने गरेका छन् । आर्र्थिक बर्ष २०७४÷७५ मा २ सय ९५ जना,०७५÷७६ मा ३२५ जना र ०७६÷७७ मा ४ सय जना सवारी चालक सवारी दुर्घटनापछि फरार भएका थिए । यसरी फरार भएका साधनमध्ये ती आर्थिक बर्षमा क्रमश . २२०, ३१८ वटा सवारी साधनलाई नियन्त्रणमा लिई महाशाखा ले कारबाही गरेको थियो । अझै धेरै बाकी सवारी साधनमाथि अनुसन्धान तथा खोजतलास जारी रहेको महाशाखाले बताएको छ ।
सजायबाट बच्न सवारी चालकले दुर्घटना गराएर भाग्ने र छल्न खोज्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ । यसरी फरार भएर भेटिएका चालकलाई कडा कारबाही नहुनु नै दुर्घटना बढ्नुको मुख्य कारण रहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षक जनक भट्टराई बताउँछन् । उनी भन्छन् ‘दुर्घटना भएपछि घटनास्थलमा असुरक्षित महसुस गर्ने र त्यहाँ हुनसक्ने आक्रमणबाट बच्न खोज्नु फरार हुनुको एउटा कारण रहेको छ ।’ घटनापछि बेहोर्नुपर्ने खर्च र कानुनी झन्झटबाट बच्ने उदेश्य अर्को मुख्य कारण रहेको भट्टराईले बताए । दुर्घटनापछि उपचार खर्चे ब्यहोर्नु पर्ने डरले सवारी साधन ब्याक गरेर मारेका घटना समेत हुने गरेको उनको भनाई छ । ३ महिना जेल सजाय र ५० हजारदेखि १ लाख रुपैयाँ जरिवानामा चालक छुट्ने भएकोले यसरी हत्या हुने गरेको भट्टराई बताउछन् ।
मुख्य रुटहरुमा केही संख्यामा सिसिटिभी क्यामेरा जडान भएपनि भित्रि सडक खण्डहरु र उपत्यका भित्रिने सबै नाकाहरुमा त्यस्तो सुविधा छैन्। जसले गर्दा भित्रि सडकहरुमा दुर्घटना गराएर भाग्ने चालकहरुलाई पक्राउ गर्न गाह्रो भएको महाशाखाको भनाई छ । हरेक सडकका विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा राख्ने र यसरी दुर्घटना गराएर भाग्ने चालकलाई कडा भन्दा कडा सजाय दिने नियम संचालन गर्नुपर्ने महाशाखा बताउछ । द नेपाल टप

फेसबुकबाट तपाईको प्रतिक्रिया