धनुषाको लक्ष्मीनियामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु – Nagarikabhiyan : National News

धनुषाको लक्ष्मीनियामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

धनुषा  । ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ मा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

लक्ष्मीनिया गाउँपालिका–१ का ४५ वर्षीय जुगेश्वर साहको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जनाइएको छ । ज २ त ९२८ नम्बरको ट्याक्टर र ज११प ८००७ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठोक्किएका थिए । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीचौकी लक्ष्मीनियाले जनाएको छ ।