ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो – Nagarikabhiyan : National News

ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

काठमाडौं ।  काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् ।फोटो हेरेर परिवारले सखानत गरेका उनले बताइन् । उनका अनुसार बालकको सव पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिने छ । गत मंगलबार राति कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।