जिप दुर्घटनामा १ को मृत्यु, ४ घाइते – Nagarikabhiyan : National News

जिप दुर्घटनामा १ को मृत्यु, ४ घाइते

काठमाडौं । रामेछापमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटना सुनापति गाउँपालिका–३ की ४६ वर्षीया शारदा खत्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका चालकसहित चारजनाको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । काठमाडौंबाट रामेछापको हिलेदेवी जाँदै गरेको प्रदेश ३ ०१ ०२४ च १४४० नम्बरको बोलेरो गाडी हिजो बेलुका करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।