करेन्ट लागेर महिलाको मृत्यु
१९ असार २०७७, शुक्रबार १७:३२
राजविराज । सप्तरीको हनुमाननगर कंकालनीमा करेन्ट लागेर आज एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ७ बनिया टोल बस्ने श्याम गुप्ताको ४५ बर्षिय श्रीमती राजदेवी गुप्ता रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।
आफ्नै घरको कल(टुयवेल)मा जडान गरिएको मोटरको तारबाट गुप्तालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा ल्याउदै गरेको अवस्थामा बाटो नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया