माधव नेपाल सहितका १४ जना सांसदको मुद्दाको सुनुवाइ सकिएन – Nagarikabhiyan : National News

माधव नेपाल सहितका १४ जना सांसदको मुद्दाको सुनुवाइ सकिएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट आज आदेश आउने भनिएपनि आएन ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दाेहर्दैमा राखिएको छ ।

यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।

एमालेले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले जोगाएपछि एमाले अदालत गएको हो ।