बढ्यो सुनको मूल्य – Nagarikabhiyan : National News

बढ्यो सुनको मूल्य

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो ।

त्यसैगरी आज तेजावी सुन ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको छ ।