कञ्चनरुप नगरपालिकाले चारजना पत्रकारलाई बाँडे ल्यापटप
२९ भाद्र २०७८, मंगलवार १३:२८
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले चारवटा ल्यापटप चारजना पत्रकारलाई वितरण गरेको खुलेको छ ।
महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा सो रहस्य खुलेको हो ।
नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा जानकी ट्रेडर्सबाट चार थान एच.पी. कम्पनीको ल्यापटप २ लाख ४३ हजार ८ सयमा खरिद गरि वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
वितरण गरेको ल्यापटप पालिकाको सम्पति रहेकाले बाहिर उपयोग गर्न नमिल्ने भन्दै महालेखापरीक्षकले चारै ल्यापटप फिर्ता लिन भनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया