धनुषामा बिस्फोट अपडेट : दुईजना समान्य घाइते
२९ भाद्र २०७८, मंगलवार १३:२२
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ९ कुम्हराका मनोज यादवको घरमा शंकास्पद वस्तु विस्फोट डाकाको समूहले विस्फोट गराउँदा संजिव यादवसहित दुईजना समान्य घाइते भएका छन् ।
कुनै शंकास्पद वस्तु विस्फोट गराउँदा दुबैजना समान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर प्रदिप सुवेदीले टुडेपाटीलाई जानकारी दिए ।
मध्यरातमा आएका डाकाको समूहले सो बिस्फोटक पदार्थ बिस्फोट गराएको गाउँलेको भनाइ छ ।
के बिस्फोट गराएको हो भन्ने विषयमा सम्बन्धा अनुसन्धानको लागि नेपाली सेनाको टोलि घटनास्थल पुगेको इन्सपेक्टर सुवेदीले बताए । बिहान स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ढल्केबरको टोलि घटनास्थल पुगेको छ ।
त्यस्तै डाकाको समूहले स्थानीय सिटहु यादवको घरमा नगद गरगहना लुटपाग गरेका छन् । यधपि प्रहरीले लुटपाट नभइ चोरी भएको बताएको छ । सो घटना विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया