मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु – Nagarikabhiyan : National News

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । सप्तरीको राजगढ नगरपालिका–५, मलेखपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४० वर्षीया रमादेवी दासको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब साढे ७ बजे पैदल हिँडिरहेकी महिलालाई स८प ८६८२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई प्रहरीचौकी पत्थरगढाले नियन्त्रणमा लिएको छ ।