सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि
२८ भाद्र २०७८, सोमबार १३:१४
काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमवार) सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत वृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ६६१.९० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । ११ः४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया