एकल महिलालाई हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालको होटल उपहार
२५ भाद्र २०७८, शुक्रबार १७:१५
सुनसरीको कोशी गाउँपालिका ३ की एक एकल महिलालाई कतार च्यारेटीको सहयोगमाम हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालले होटल सहित पसल उपहार दिएको छ । कोशी गाउँपालिका ३ की हजरुल खातुनलाई आयआर्जन गरि जिविकोपार्जन गर्न सहजताका लागि कतार च्यारेटीको सहयोगमा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपाले पसल संचालनमा योगदान गरेको छ ।
खातुनलाई जमुवा चौकमा एम एण्ड एन रेष्टुरेन्ट(पसल) संचालन गर्नका लागि दुई लाख १८ हजार रुपियाँ सहयोग गरेको संस्थाका हजरत हुसेनले जानकारी दिनुभयो । हुसेनका अनुसार पसल संचालनका लागि आवश्यक पर्ने सामग्री, भाडावर्तन, खाध्यान सामग्री, फर्निचर, चिसो पेय पदार्थ, पसलको सटर भाण्डा पहिलो ६ महिनाका लागि समेत गरेर पसल तथा होटेल संचालन गर्नका लागि दुई लाख १८ हजार रुपियाँ सहयोग गरेको हो ।
पसल हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष मोलाना हारुन खाँ, कोशी गाउापालिकाका अध्यक्ष ऐयुव अंसारी, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रतिनिधि समेतको उपस्थिती रहेको थियो ।
पसल र होटल संचालनका लागि सहयोग पाएर आफ्नो जिवनमा हातमुख जोडनका लागि सहज हुने खातुनले बताउनुभयो । खातुनले एकल भएर छोराछोरी पाल्न र घरधन्दा चलाउन समस्या भएकोमा हिदायत एजुकेश्नल वेलफेयरले पसल संचालनमा योगदान गरेको छ । कतार च्यारेटीको सहयोग र हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालको आयोजनामा सुनसरीमा विभिन्न लोककल्याण्कारी काम तथा कार्यक्रम हुदै आएको छ । हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष मोलाना हारुन खाँले सानो सहयोगले एउटा विपन्न र एकल महिलाको जिवनस्तर र आर्थिकस्तर बढ्ने भएकाले खातुनलाई पसल हस्तान्तरण गर्नुभएको हो ।
औपचारीक रुपमा पसल शुक्रबारबाट खातुनलाई पहल हस्तान्तरण भएको संस्थाका हजरत हुसेनले जानकारी दिनुभयो । संस्थाले गरिब, बिपन्न वर्ग सहित विद्यालय र स्वास्थ्य संस्थामा खानेपानी र सरसफाईको क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । सोही क्रममा एकल महिला खातुनलाई पसल र सानो होटलमा पनि सहयोग गरी हस्तान्तरण गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया