कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
२५ भाद्र २०७८, शुक्रबार १२:०८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध निवर्तमान कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दाको सनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुँदैछ ।
आफ्नो सहमतिविना घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै शाक्यले उनको नियुक्ती खारेज गरी आफूलाई पुनःनियुक्ती गर्न अन्तरिम आदेश माग गरेका थिए ।
आफूलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको भए पनि हटाएको भन्दै उनले पुनर्बहालीको माग गरेका थिए।
यही मुद्दामा यसअघि पनि राणाकै इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो। ८ भदौमा राणकाको एकल इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
तीन दिन भित्र मन्त्रिपरिषद्को निर्णयका सक्कली फाइल झिकाएर पेश गर्न आदेश भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया