२० बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ – Nagarikabhiyan : National News

२० बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ

राजविराज । सप्तरीको बोदेवरसाइन नगरपालिका वडा नंं ७ मा कर्तब्य गरि फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय दानालाल यादव रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो । २०६२ साल तिर सप्तरीको बोदेबरसाई नगरपालिका वडा नं.७ बगबिरा टोल बस्ने गंगाराम कापैरलाई मकैया भन्ने सचिव कुमार सदा , बिजय कुमार यादव र दानालाल यादवसहितकाले कर्तब्य गरि मरेका थिए ।

त्यस्पछि गंगाको दाई बिजय नारायण कापैरले आफनो भाइको हत्या गरि मारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उनीहरु बिरुद्ध जाहेरी दिएको थियो । २०७३ साल बैशाख २२ गते कर्तब्य ज्यान मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालतले दोसी ठहर गर्दै बिस बर्ष कैदको फैसला गरेका थिए ।

फरार रहेका दनालाललाई गाउँ घरमा नै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो आरोपमा अरु दुई जना फरार रहेका छन । यता पक्राउ परेकालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराजस्थित कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।