इनरुवा ९ र गढी १ मा चौधरी सभापती
२१ भाद्र २०७८, सोमबार १४:१०
सुनसरीमा नेपाली काग्रेंसको वडा सम्मेलन जारी रहेको छ । ठाउँठाउँमा सहमतीमा समिति चयन भएको छ । इनरुवा नगरपालिका ९ नम्बर वडा सम्मेलनबाट नेपाली काग्रेंसको इनरुवा नगरपालिका ९ वडा समिति सभापतीमा लक्ष्मी चौधरी निर्वाचित हुनुभएको छ । वहाँ सहित सबै पदाधिकारी, सदस्यहरु र क्षेत्रिय प्रतिनिधिमा निरविरोध चयन भएको पार्टीले जनाएको छ । क्षेत्रिय प्रतिनिधिमा मनोज यादव र एसएन मेहता सहितका चयन भएका छन् । उता जिल्लाको गढी गाउँपालिका १ मधेलीमा वडा सभापतीमा प्रदिप चौधरी सर्वसहमती निर्वाचित हुनुभएको छ । त्यसैगरी गढी ३ सभापतीमा जुगनारायण मण्डल चयन भएका छन् । उता बर्जु ३ मा श्रवण चौधरी सभापती बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया