थारु सिर्जनशील युवाहरुलाई पुरस्कृत गर्न दुई लाख अक्षयकोषको स्थापना
१९ भाद्र २०७८, शनिबार १३:३६
इटहरी उपमहानगरपालिका १२ खनार निवासी पत्रकार कुलदिप चौधरीले आफ्नो बुवाको स्मृतिमा थारु समुदायका युवाहरुलाई प्रोत्साहित गर्न २ लाख अक्षयकोषको स्थापना गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाको प्रदेश नं. १ को परिषद सदस्य तथा थारु पत्रकार संघको केन्द्रिय सदस्य समेत रहेका पत्रकार चौधरीको बुवा प्रशुराम चौधरीको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर बिहिबार आयोजोति श्रद्धाञ्जली कार्यक्रममा सो रासी बराबरको अक्षयकोष स्थापना गरेको हो ।
थारु समुदायको धार्मिक, सांस्कृतिक, कला क्षेत्र लगायत विभिन्न समस्यामा परेका विपन्न वर्गका व्यक्तिहरु तथा समाजका विकृति विसंगतीलाई अन्त्य गर्नका लागि कमल चलाउने थारु अगुवा युवाहरुलाई सिर्जनशिल युवा सर्जकहरुलाई सो पुरस्कार प्रत्येक वर्ष वितरण गरी परिवारीक स्रोतले जनाएको छ ।
थारु समुदायका अगुवा सिर्जनशील युवाहरुहरुको प्रोत्साहनका लागि पुरस्कार कोष स्थापना गर्न बुवाको अपेक्षा रहेकोले वहाँको अपेक्षा अनुरुप प्रशुराम स्मृति पुरस्कार कोष स्थापना गरेको जेठो छोरा कुलदिप चौधरीले जानकारी गराएको छ ।
स्वर्गीय प्रशुराम चौधरीको ३ छोराहरुमा जेठा कुलदिप चौधरी, माइलो गहेन्द्र चौधरी
र कान्छो खिरेन्द्र चौधरी तथा १ छोरी कमला चौधरी रहेका छन । स्व. प्रशुराम चौधरी थारु भाषाको साहित्यकार हुनु हुन्थ्यो भने श्रद्धाञ्जली सभामा स्र्वीय चौधरी द्वारा विमोचित कविता संग्रह समेत वितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया