काठमाडौँ उपत्यकामा खूल्यो डान्सबार – Nagarikabhiyan : National News

काठमाडौँ उपत्यकामा खूल्यो डान्सबार

काठमाडौं । काठमाडौँ उपत्यकाका शिक्षण संस्था सञ्चालनमा  लचकता अपनाइने भएको छ । करिब ६ महिनादेखि जारी निषेधाज्ञा  खुकुलो पार्दै बुधबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको  बैठकले  यस्तो  निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विद्यालयहरू सरकारबाट जारी ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही यही २० गते आइतबारबाट सञ्चालन गर्न सकिने  व्यवस्था गरिएको जानकारी  दिए ।

विद्यालय  सञ्चालन गर्न स्थानीय तहहरूले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डी–सीसीएमसी)सँग समन्वय गर्नुपर्ने बताइएको छ ।

त्यस्तै  चलचित्र  भवन,  सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय  डिस्को–डान्स,  दोहोरी रेस्टुराँ, क्लब तथा पप बार पनि खुला गरिएको छ।

२०७७ साल चैतबाट बन्द यी व्यवसाय करिब ६ महिनापछि खुलेका हुन् ।  त्यस्तै अनावश्यक भीडभाड, सभा जुलुस, जात्रा महोत्सव, भोज र चाडपर्व मनाउन समेत निषेध गरिएको छ ।