लगातार सकरात्मक सर्किट लागेको जीवन विकास लघुवित्तको शेयरमुल्य झर्‍यो – Nagarikabhiyan : National News

लगातार सकरात्मक सर्किट लागेको जीवन विकास लघुवित्तको शेयरमुल्य झर्‍यो

काठमाडौं । लगातार सकरात्मक सर्किट लागेको जीवन विकास लघुुवित्तको शेयरमुल्य ओरालो लाग्न थालेको छ ।

रोबारको साढे २ घण्टा सम्म कम्पनीको शेयरमुल्य ४.८८ प्रतिशत अर्थात २४८ अंकले ओरालो लागेर प्रतिकित्ताको मुल्य रु ४ हजार ८३१ पुगेको छ । यस अघि कम्पनीको शेयरमुल्य ५२ सय माथि पुगेको थियो । मार्केट डेपमा कम्पनीको १५ हजार ९८८ कित्ता शेयर खरिद माग भएको छ  भने १० हजार ८२० कित्ता बिक्री माग भएको छ ।