देशभर थप २२९५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु – Nagarikabhiyan : National News

देशभर थप २२९५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ कोभिड संक्रमित थपिएका छन् । १६ हजार २३३ वटा नमूनाको परीक्षण गर्दा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा १६ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् ।  नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।