काग्रेंस सुनसरी उपसभापति श्रेष्ठलाई पितृ शोक – Nagarikabhiyan : National News

काग्रेंस सुनसरी उपसभापति श्रेष्ठलाई पितृ शोक

 

नेपाली कांग्रेस सुनसरी जिल्ला उपसभापति संजय श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका पीता सुनसरी सदरमुकाम इनरुवा –९ बबिया निवासी समाजसेवी, राजनितिज्ञ, प्रतिष्ठित व्यक्तित्व तथा समाजका आदरणीय अगुवा तुलसी प्रसाद श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको हो । मंगलबार दिउसो ४.५२ तिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वहाँको आत्माको चीर शान्तिको लागि सरस्वती माविका पूर्व प्रधानाध्यापक रमेन्द्र कोईराला, नेपाली काग्रेंस नगर सचिव धिरज भट्टराई र पत्रकार जयकृष्ण यादव लगायतका सयौंले फेसबुक मार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठ परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेका छन् । निधन भएका श्रेष्ठको बुधबार बिहान दाह संस्कार गरिने भएको छ ।