१७ हजार ६५४ मा कोरोना परीक्षण गर्दा ३ हजार ४२ लाई संक्रमण
४ भाद्र २०७८, शुक्रबार १६:३३
काठमाडौँ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्। यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको छ काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया