नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
२९ श्रावण २०७८, शुक्रबार ११:४७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । सरकार परिवर्तन भएको हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियो ।
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको हुनाले राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
यो पटकको मौद्रिक नीति पुँजी बजारमैत्री हुने लगानीकर्ताहरूले अनुमान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया