महिलाको डुबेर मृत्यु
२८ श्रावण २०७८, बिहीबार १३:१८
सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउपालिका ६ की एक महिलाको डुबेर मृत्यु भएको छ । देवानगञ्ज गाउँपालिका वडा नम्बर–२ को मोरिया खोलामा ७० वर्षिया वृद्ध महिलाको शब फेला परेको हो । डुबेर मृत्यु हुनेमा देवानगञ्ज गापा वडा नम्बर ६ की फुलोदेवी मेहता रहनुभएको छ । बुधबार घरबाट छोरीको घरमा जानेभनी निस्कनुभएकी मेहता विहीबार विहान पानीमा डुबेर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ । घटनाको बारेमा थाहा पाएको प्रहरी घटना स्थलमा पुगेर थप अनुसंधान सुरु गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया