काठमाडौंमा निषेधाज्ञा कडा बनाउने तयारी – Nagarikabhiyan : National News

काठमाडौंमा निषेधाज्ञा कडा बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

मंगलवार दिउँसो ४ बजे तीन जिल्लाका सिडिओबीच निषेधाज्ञा थप्ने या हटाउने भन्नेबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा बुधबार सकिँदैछ ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडा गर्नेबारे छलफल हुने बताए । उनले भने, ‘अहिले अनुगमनलाई कडा पारिएको छ । यसबारे आज थप निर्णय लिन्छौं,’।

कोरोना सङ्क्रमणदर पछिल्ला केही सातादेखि बढ्दै गएकोले नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली र सुरक्षा निकायले जनसस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभाजवकारी रुपमा अनुगमन गर्ने निर्णय साउन १९ गते बसेको सीडीओको बैठकले गरेको थियो ।

सोही निर्णय अनुसार अनुगनम भइहरको सीडीओ पराजुलीले जानकारी दिए । ज्योतिन्यूज बाट