मंगलवार पनि सुनचाँदीको मूल्यमा उतारचढाव – Nagarikabhiyan : National News

मंगलवार पनि सुनचाँदीको मूल्यमा उतारचढाव

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ।

आज चाँदी १२ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।