राज्यमन्त्रीसहित बरिष्ट ज्योतिष एवम बस्तु बिशेषज्ञलाई समान्न
२५ श्रावण २०७८, सोमबार २१:५९
राजविराज । जनमुखी पब्लिकेशन प्रा.लीद्धारा आयोजित कार्यक्रममा प्रदेशका राज्यमन्त्रीसहित बरिष्ट ज्योतिष एवम बस्तु बिशेषज्ञलाई सोमबार सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा जनमुखी पब्लिकेशन प्रालि खडक नगरपालिका ८ सप्तरीले आयोजना गरेको अभिनन्दन समाहारो कार्यक्रममा प्रदेश नं. २ का आन्त्रिक मामिला तथा संचारराज्य मन्त्री रुबी कर्ण र वल्र्ड बुक अफ रेकर्ड लन्डानद्धारा समानित बष्ठि ज्योतिश एवम वस्तु बिशेषज्ञ डा. कैलाश प्रसाद साहलाई दोसला ओढाएर प्रमानपत्र सहित समान गरिएको छ ।
सो क्रममा कामर्यक्रमको प्रमुख अतिथी पुर्व सिचाई मन्त्री उमेश कुमार यादवले उनी दुवै जनालाई दोसला ओढाएर कदरपत्र सहित समान गरेका हुन ।
समानपछि आयोजित कार्यक्रममा प्रदेशका आन्त्रिक मामिला तथा संचारराज्य मन्त्री रुबी कर्णले आमसंचार माध्यममा काम गर्ने श्रमजीवी पत्रकारहरुको हकहितको लागि पहल गर्ने बताएकी छिन ।
राज्यको महत्वपुर्ण काममा पत्रकारले चलाएको कलमको कदर गर्नुपर्ने भन्दै श्रमजीवी पत्रकारहरुको लागि आफु पनि लडने बताए ।
साथै उनले अधिकाश युवाहरु अहिलेको अवस्थामा लागुऔषध तर्फ आकर्षित हुने भएकाले त्यसको नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।
आफु पनि सप्तरी जिल्लाकै बासी भएकोले यस जिल्लाको बिकासको लागि सकदो सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन ।
सोही कार्यक्रममा समानिति भएका बष्ठि ज्योतिश एवम वस्तु बिशेषज्ञ डा. कैलाश प्रसाद साहले ज्योतिश मार्ग हुन गन्तब्य पुग्नको लागि ज्योतिशयको ज्ञान आवश्यक रहेको बताएका छन ।
हामीले आफुलाई आफै बनाउनको लागि सोयम राम्रो मार्गमा चल्नुपर्ने उनले जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले समाज परिर्वतन गर्न सबै जना एक जुट हुनुपर्ने बताए । उनले भने मानिसहरु शिक्षित भएर मात्र हुदैन समाजमा भइरहेको अनियाअतियाचारलाई हटाउनुपर्ने बताएका छन ।
जनमुखी पब्लिकेशन प्रालिका अध्यक्ष माला कर्णको अध्यक्षतामा सम्पन्न भएको अभिनन्दन समाहारोमा नागरिक समाजका थानसिँह भन्साली,प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्य,पुर्व मन्त्री उमेश यादव,नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव लगायतकाले समानित भएका प्रदेश नं. २ का आन्त्रिक मामिला तथा संचारराज्य मन्त्री रुबी कर्ण र बष्ठि ज्योतिश एवम वस्तु बिशेषज्ञ डा. कैलाश प्रसाद साहलाई शुभकामना ब्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया