दुर्घटनामा महिलाको मृत्यु
२४ श्रावण २०७८, आईतवार २०:११
राजविराज । पुर्व–पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको शम्भुनाथ नगरपालिका .६ कठौनामा आज बिहान भएको सवारी दुर्घटनामा परि एक जना महिलाको मृत्यु भएको छ ।
मुृत्यु हुनेमा बारा आदर्श कोतवाल गाउँपालिका ३ बस्ने बिसर गिरीको ६५ बर्षिय श्रीमती मलादेवी गिरी रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताउनुभयो ।
सुनसरी चतराबाट दर्शन गरी फर्कदै गरेको ना ४ ख २८०० नमबरको बस खाजा खानको लागि कठौनामा रोकिएपछि खाजा खानको लागि होटल तर्फ बाटो काट्ने क्रममा पुर्बबाट पश्चिमतर्फ जादै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङकरले गिरीलाई ठाकर दिएको थियो । ट्याङकरले ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी युनिक अस्पताल रुपनीमा पठाएपनि बिच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ट्याङकर चालक मोरङ जिल्लाको विराटनगर महानगरपालिका .४ खाडीकोबारा बस्ने ४५ बर्षिय गणेश मंडललाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएकाने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया