आगलागीबाट क्षति – Nagarikabhiyan : National News

आगलागीबाट क्षति

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १२ मा आज आगालगी हुदा एक लाख मुल्यबराबरको क्षति भएको छ ।

स्थानिय जगतबहादुर राईको घरमा आगलागी हुदा निजको एउटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो आगलागीमा परि घरभित्र रहेको अन्पात,भडावर्तन र नगदजिन्सीसहित करिब एक लाख मुल्यबराबरको क्षति भएको प्रहरीले अनुमान गरिएको छ । आगोलाई स्थानियबासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको थियो ।