आफ्नो इक्छा विपरित विवाहको कुरा चलाएपछि खतिजा साथीको सरणमा
२० श्रावण २०७८, बुधबार १८:५८
सुनसरी । सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरकी एक युवतिले परिवारमा आफ्नो इक्छा विपरित विवाहको कुरा चलाएपछि घर छाडेर साथीको सरणमा पुगेकी छन् ।
दुहवी नगरपालिका ८ सोनापुरकी खतिजा खातुनले आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनबाट बन्चित गरेको पश्छिलो समय बैशाखमा आफ्नो इक्छा विपरित विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखी घर छाडेर सुरक्षीत साथ साथीको सरणमा पुगेकी हुन् ।
परिबारजनले प्रहरीसम्म उजुरी गर्न गएको सूचना पाएपछि खतिजाले विरानगरमा साथीको रहेको भिडियो र प्रृेस विज्ञप्ती मार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेकी हुन् । खतिजालाई परिवारले मावि र उच्च शिक्षासम्म पढ्नाबाट बन्चित गरेको अरोप लगाउदै विवाह पनि आफूले चाहेको भन्दा अर्कैसंग इक्छा वीपरित गर्न खोजेकोले सुरक्षाका लागि साथीको सरणमा पुगेको बताउनुभयो । पीडित खतिजाले आफू परिवारबाटै असुरक्षित भएको दावी गर्दै आफु आफ्नो खुट्टामा उभिएपछि विवाह गर्ने योजनामा समेत समेत सुनाउनुभयो । आफू सुरक्षित रहेकाले कुनै चिन्ता नलिन र प्रहरी प्रशासनमा आफूलाई खोज्न उजरबाजुर नगर्न समेत आग्रह गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया