सवारी दुर्घटनामा दूईको मृत्यु
१८ श्रावण २०७८, सोमबार २०:५४
राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको खडक नगरपालिका ४ अमहामा आज साँझ भएको सावारी दुर्घटनमा परि दुई जनाको मृतयु भएको छ ।
मुत्यु हुनेमा मोटरसाइकल चालक .सप्तरीको शम्भुनाथ नगरपालिका .७ बस्ने २८ बर्षको बुद्ध सागर चौधरी र अर्का मोटरसाइकल चालक सिरहा लहान नगरपालिका १७ बस्ने २८ बर्षको रामशंकर यादव रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाल काफलेले जनाकरी दिनुभयो पश्चिमबाट पुर्बतर्फ जादै गरेको बा २ ख ५६८२ नंम्बरको बसलाई सोही दिशाबाट जादै गरेको स.११ प.४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसको बायाँ साइडको ह्याण्डको बीच भागमा ठोकिन जाँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
त्यस्तै सोही दुर्घटनामा परि विपरित दिशाबाट आउदै गरेको अर्को प्र.न.२–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल समेत ठोकिएको थियो । स.११.प. ४०३८ नम्बरको मोटरसाइकल चालक बुद्धसागर चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ भने प्र.न.२–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक रामशंकर यादवको पनि दुर्घटनमा परि ज्यान गएको छ ।
त्यस्तै स.११.प. ४०३८ नम्बरको मोटरसाइकलको पछाडी सवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ बर्षको आन्नद चौधरी र प्र.न.२–०१–००१ प ९५५६ नम्बरको को मोटरसाइकलमा सवार सिरहा लहान नगरपालिका २० बस्ने २३ बर्षकी सोनम चौधरी घाइते हुनुभएको छ । उनीहरुको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया