छिन्नमस्ता मन्दिरमा चाेरी भएपछि सप्तरीको बाेर्डर सिल चोरी गर्नेको खोजी कार्य तीव्र – Nagarikabhiyan : National News

छिन्नमस्ता मन्दिरमा चाेरी भएपछि सप्तरीको बाेर्डर सिल चोरी गर्नेको खोजी कार्य तीव्र

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ । आज साँझ करिब सवाँ ७ बजेतिर मुकुट चोरी भएको हो ।

घटनासँगै सप्तरी प्रहरीका प्रमुख प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेर्तत्वमा प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला ,प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफले सहितका प्रहरी टोली त्यहाँ पुगेका छन ।

खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाको भारतीय सिमानाका अहिले बन्द गरिएको छ । मकुट चोरी गर्ने ब्यक्तिलाई खोजि गर्ने उदेश्यले छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको प्रजिअ अचार्यले भन्नुभयो ।