डिटरजन पाउडरमा रम्दै यादव
१७ श्रावण २०७८, आईतवार १४:१७
मोरगंको विराटनगर ५ सफाईको मामला सधै अगाडी मुल नाराका साथ २०७७ सालमा स्थपाना भएको युनिक लिक्यूट सप एण्ड डिटरजन प्रोडक्टले छोटो समयमा राम्रो बजार भएको छ । युवा संचालक मनोज यादवले ५० लाख रुपियाँ लागतमा संचालन गरेको प्रोडक्टले दैनिक १० टनसम्म पाउडर उत्पादन गर्दै आएको छ । यसमा यादवले ११ जनालाई प्रत्यक्ष रोजगार दिनुभएको छ भने मोरगं, सुनसरी, सप्तरी, सिराहा, धनगडी महेन्द्रनगरसम्म उत्पादन विक्री गर्दै आएको छ । संचालक यादवले आफ्नो उत्पादनले ग्राहाक पूर्ण सन्तुष्ट रहेको र थप बजार विस्तार अभियानमा लागेको बताउनुभयो । स्थापना कालयता केही महिनाको पूर्ण बन्दाबन्दीले असर परेपनि अहिले बजार खुलेकाले विक्रि राम्रो रहेको बताउनुभयो । थोक र खुद्रा दुवै खाले व्यपारीहरुलाई डिटरजन पाउडर विक्रि गर्दै आएको यादवको भनाई छ । यादवले विभिन्न स्थानमा डिलरको लागि समेत प्रस्ताव आहवान गरेको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया