नबिल बैंक र डीभी एक्सिलसबीच सहकार्य
१७ श्रावण २०७८, आईतवार ११:३६
काठमाडौं । नबिल बैंक र डीभी एक्सिलसबीच सम्झौता भएको छ । नबिल बैंक र डी भी एक्सिलस (प्जभतष् ब्उउ)द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुँचको प्रदान गर्न सहकार्य भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकको अनुसार यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहुँच प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसैगरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्ने जनाइेएको छ ।
कार्यक्रममा नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने “नबिल बैंकले सदैब दिगो बैकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु–याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहस्र्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो ।” डी भी एक्सिलस सँगको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं।”

फेसबुकबाट तपाईको प्रतिक्रिया