इटहरीका ७५ जना कृषकलाई कोरली गाई वितरण – Nagarikabhiyan : National News

इटहरीका ७५ जना कृषकलाई कोरली गाई वितरण

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । गाईपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नुभयो ।

यसअघिनै अन्य १ र २० दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृर्षिमा आत्मनिर्भर वनाउने अभियान अन्र्तगत कोरली गाई वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले चुनावको बेला भनेका थियौं कम्तिमा इटहरीलाई माछा, दुध र तरकारीमा आतमनिर्भर गराउँछौं, सोही बमोजिम यि गाईहरु वितरण गरेका छौं ।”

कार्यक्रममा २ नम्बर अध्यक्ष हर्क बहादुर मगरले कृषिमा आत्मनिर्भर बनाउन थप टेवा पुग्ने बताउँदै, यो वर्ष नपाउने कृषकले अर्काे वर्ष पाउने बताउनुभयो । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक वनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमेयर गौतमले वताउनुभयो । कृषकले कोरली गाई पाएपछि खुशी ब्यक्त गरेका छन् ।