इटहरीका किसानलाई पावर ट्रिलर
१ असार २०७७, सोमबार १६:४१
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले खनजोत गर्न मिनि पावर ट्रिलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन । उपमहानगर परिसरमा प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषकहरुलाई हस्तान्तरण गर्नुभयो । कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण गरिएको हो ।
मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले बताउनुभयो । उहाँले खुशी हुदै भन्नुभयो“गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ,नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो ।”
उहाँले १५ कठठा जग्गामा तरकारी खेति लगाउदै आउनुभएको छ । इटहरी उपमहानगरको ७५ प्रतिशत लगानीमा मिनि पावर ट्रिलर वितरण गरिएको हो ।
इटहरी उपमहानगरले इटहरीलाई कृर्षीमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्वन्धी समाग्री वितरण गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया