आजदेखि मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला
१४ श्रावण २०७८, बिहीबार ०८:५५
काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आज (साउन १४ गते, बिहीबार) देखि सर्वसाधारणका लागि आइपीओ विक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ विक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो।
सर्वसाधारणका लागि विक्री गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो।
कम्पनीको आइपीओ छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म विक्रीमा रहने विक्री प्रबन्धक बन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।
आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डी इस्यूअर रेटिङ प्रदान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया