आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना – Nagarikabhiyan : National News

आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो र राति देशका धेरै स्थानमा हल्का, मध्यम र केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू९भाग नजिक छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले प्रदेश नं १ तथा बागमती प्रदेशका एक९दुई स्थान र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको संभावना रहेकोले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाअउन सबैमा अनुरोध गरेको छ ।