जनता समाजवादी पार्टी का दुवै पक्षको कार्यकारिणी समितिको बैठका आज पनि बस्दै
१० श्रावण २०७८, आईतवार ११:२५
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षको कार्यकारिणी समितिको बैठका आज (आइतबार) पनि बस्दै छ । दुवै समूहको छुट्टाछुट्ट बैठक शनिबार पनि बसेका थिए ।
उपेन्द्र यादव पक्षको सासद तथा कार्यकारिणी समितिको बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यलय वालकुमारीमा बस्ने गरी बैठक बोलाइएको छ ।
निर्वाचन आयोगले कार्यकारिणी सदस्य गनेर पार्टी विवाद टुंग्याउने तयारी गरेको अवस्थामा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टी अध्यक्षसहित शीर्ष नेताहरुले समसामयिक राजनीति, पार्टीले लिने नीति बिचार तथा किन सरकार जान लागेकोलगायत विषयमा सासद र कार्यकारिणी समिति सदस्यलाई ब्रिफिङ गर्ने बताइएको छ ।
यस्तै, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समिति बैठक पनि आज बोलाइएको छ । महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आइतबार अपराह्न ५ बजेका लागि बैठक बोलाएको हो ।
पार्टीभित्रको विवादबारे निर्णय गर्न निर्वाचन आयोगले सबै कार्यकारिणी सदस्यलाई उपस्थित हुन भनेसँगै सो पक्षको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले दुबै पक्षका कार्यकारिणी सदस्यलाई भोलि (सोमबार) सिबहमान ११ बजे नागरिकतासहित निर्वाचन आयोगमा उपस्तिथ हुन निर्देशन दिएको छ ।
कुल ५१ कार्यकारिणी समिति सदस्यमध्ये महन्थ–राजेन्द्र पक्षले २० जना रहेको दाबी गरेको छ, तर उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले आफूसँग ३२ जना कार्यकारिणी सदस्य भएको बताउँदै आएको छ ।
पार्टीको आधिकारिकता उपेन्द्र बाबुराम पक्षले पाउने नै पाउने निश्चित भएको महन्थ पक्षकै नेताहरुले बताएका छन् । पार्टी आधिकारिकता नपाए नयाँ दल दर्ता गरेर अघि बढ्ने तयारी महन्थ–राजेन्द्र पक्षको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया