एमालेको जिल्ला पार्टी कार्यालयमा वृक्षारोपण कार्यक्रम, फोटो फिचर सहित – Nagarikabhiyan : National News

एमालेको जिल्ला पार्टी कार्यालयमा वृक्षारोपण कार्यक्रम, फोटो फिचर सहित

 वृक्षरोपण
सुनसरीको सदरमुकाम इनरुवामा नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नेता महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमाका अवसरमा वृक्षारोपण कार्यक्रम गरेको हो । ४३ औ पुष्पलाल स्मृति दिवसकै अवसरमा नेकपा एमाले र उसको भातृ संगठनहरुले तीन दिनसम्म जिल्लाको १२ वटै पालिका र १२४ वटै वडामा वृक्षा रोपण कार्यक्रम गर्ने अभियानको रुपमा वृक्षा रोपण गरेको राष्ट्रिय युवा संघले जनाएको छ । शुक्रबार विहान मात्रै नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा नेकपा एमाले इनरुवा नगर कमिटिले वृक्षरोपण गरेको पार्टीका नगर सचिव मेघराज न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार वृक्षा रोपण कार्यक्रम नगर अध्यक्ष विदुर सुवेदीको अध्यक्षता र पार्टीका केन्द्रिय सल्लाहकार रमेश श्रेष्ठको प्रमुख आथित्य र नेता खेमराज पोखरेलको विषेश आथित्यमा सम्पन्न गरिएको हो । सम्पन्न गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रिय सल्लाहकार रमेश श्रेष्ठले विकास, समृद्धि र नागरिकको हितका लागि पार्टीभित्रको विवाद र गुटबन्द गर्नु नै पुष्पलाल प्रतिको न्याय हुने बताउनुभयो ।
त्यसैगरी नेता खेमराज पोखरेलले कम्यूनिष्ट पार्टी र पुष्पलालको योगदानको चर्चा गर्नुभयो । वहाँले संस्थापक नेता मात्रै नभई कम्यूनिष्टका इमान्दार ज्ञाता समेत भएको र वहाँसंगको आफ्नो भेट भएको स्मरण समेत गर्नुभयो ।
कर्यक्रममा पार्टीका नेता तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, पार्टीका जिल्ला सचिव पर्शुराम यादव, कार्यालय सचिव राम कोईराला, प्रदेश सल्लाहकार माधव पोखरेल लगायतकाले पुष्पलालको योगदानको चर्चा र विचार माथि प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नेता अजय कुसियैत, अन्जनी पोखरेल, कानुन अधिकारी, रुद्र बस्नेत, युवा संघका प्रताप भट्टराई , इन्द्र पोखरेल, हरिनारायण चौधरी, सरिता कार्की सहितका सयौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । पार्टी कार्यालयको सबै खाली जग्गामा वृक्षा रोपण गरेको पार्टीले जनाएको छ ।
जिल्लामा १५ हजार विरुवा रोपियो
सुनसरीको सदरमुकाम इनरुवा सहित इटहरी र धरान उपमहानगरपालिका, दुहवी, बहारक्षेत्र, रामधुनी र इनरुवा नगरपालिका, गढी, बर्जु, देवनागञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न स्थानमा १५ हजार विरुवा रोपेर ४३ पुष्पलाल स्मृति दिवश मनाइएको छ । पार्टीको निर्देशन र योजना अनुसार हरियाली बढाउने, विरुवा रोपेर सम्झना गर्ने र पर्यावरणमा समेत साकारात्मक प्रभाव पार्ने गरी दिवशको अवसर पारेर जिल्लाभरी नै कार्यक्रम गरेको पार्टीका कार्यालय सचिव राम कोईरालाले जानकारी दिनुभयो । उता सर्दु जलाधार क्षेत्र किनारामा वृक्षरोपण गरिएको राष्ट्रिय युवा संघ जिल्ला सदस्य रमेश कुमार यादवले जानकारी दिनुभयो । पुष्पलाल स्मृतिको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुनसरीद्वारा धरान सर्दु जलाधार क्षेत्र(भेडेटार मुनि) बृहत बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको हो । युवा संघको आयोजनामा वृक्षरोपण गरिएको र त्यसमा केन्द्रिय सचिव देवानन्द मेहता, नेता रामकुमार मेहता, रितिक यादव सहितका युवाहरु नेताको उपस्थिती रहेको थियो । यहाँ मात्रै दुई हजार २ सय बढी विरुवा रोपिएको युवा नेता यादवले जानकारी दिनुभयो । उता बराहक्षेत्रमा नेकपा एमाले नगर कमिटीले विचार गोष्ठी आयोजना गरेको छ । प्रमुख आतिथ्यता ग्रहण गरेका नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतमले पुष्पलालको जीवनीका विषयमा प्रकाश पार्नुभयो ।

वत्ताहरुले पुष्पलाललाई निष्ठा, इमानका नेता र सादगी नेतृत्वका रुपमा चिनाएका थिए । एमालेकै केन्द्रीय सदस्यहरुले नेपाली कम्युनिष्ट इतिहास, पुष्पलालको योगदान र वर्तमान अवस्थामा नेकपा एमालेभित्रको किचलोको अन्तर्यका बारेमा उपस्थितलाई जानकारी गराएका थिए । नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनालले पुष्पलालको स्मृति गर्दै पुपिलालको सैद्धान्तिक र संघर्षपूर्ण इतिहासबाट ज्ञान लिंदै समृद्ध मुलुक निर्माणमा लाग्नु पर्ने बताउनुभयो । वहाँले पुष्पलाल श्रेष्ठको सिद्धान्त, संगठन र संघर्षका बारेमा प्रवचन दिनुभयो ।