युवा संघद्धारा वृक्षरोपण – Nagarikabhiyan : National News

युवा संघद्धारा वृक्षरोपण

सुनसरीको धरानमा ४३ औं पुष्पलाल स्मृति दिवसमाका अवसरमा पुष्पलाल स्मृति दिवसकै अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले वृक्षरोपण गरेको छ । धरान उपमहानगरपालिकाको सर्दु जलाधार क्षेत्र किनारामा वृक्षरोपण गरिएको राष्ट्रिय युवा संघ जिल्ला सदस्य रमेश कुमार यादवले जानकारी दिनुभयो । पुष्पलाल जयन्तीको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुनसरीद्वारा धरान सर्दु जलाधार क्षेत्र(भेडेटार मुनि) बृहत बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको हो । युवा संघको आयोजनामा वृक्षरोपण गरिएको र त्यसमा केन्द्रिय सचिव देवानन्द मेहता, नेता रामकुमार मेहता, रितिक यादव सहितका युवाहरु नेताको उपस्थिती रहेको थियो । यहाँ २ सय बढी विरुवा रोपिएको युवा नेता यादवले जानकारी दिनुभयो । उता बराहक्षेत्रमा नेकपा एमाले नगर कमिटीले विचार गोष्ठी आयोजना गरेको छ । प्रमुख आतिथ्यता ग्रहण गरेका नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतमले पुष्पलालको जीवनीका विषयमा प्रकाश पार्नुभयो ।