भैसी ब्लक विकास कार्यक्रमबाट किसानलाई लाभ – Nagarikabhiyan : National News

भैसी ब्लक विकास कार्यक्रमबाट किसानलाई लाभ

सुनसरीमा संचालन भएको भैसी ब्लक विकास कार्यक्रमबाट किसानलाई लाभ मिलेको छ । जिल्लाको बराहक्षेत्र नगरपालिकामा संचालन भएको भैसी ब्लक विकास कार्यक्रमबाट ५९ जना किसानलाई प्रत्यक्ष लाभ मिलेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका निमित प्रमुख डा. मनोज चौधरीले जानकारी दिनुभयो ।
जिल्लामा आ.व.२०७७÷०७८ मा पशु विकास तर्फ सशर्त अनुदान कार्यक्रम अन्तर्गत भैसी ब्लक विकास कार्यक्रममा छनौट भएका १७ वटा व्यवसायिक फर्म , दुई वटा कृषक समूह र दुई वटा सहकारी संस्थाका प्रस्तावहरु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले स्विकृत गरेर कार्यक्रम संचालन गरेको जनाएको छ । यस जिल्लामा राष्ट्रिय महत्व र स्थानीय सम्भाव्यताका आधारमा गाई र भैँसी ब्लक एक तथा वृहतर बाख्रा पकेट दुई रहेकोमा भैसीमा ५९ किसान प्रत्यक्ष लाभानवित भएका छन् ।
किसानलाई प्रति भैसी २० हजार रुपियाँ गोठ सुधार अनुदान दिएको र संख्या अनुसार पाँच वटा भैसीसम्म रहेका किसानलाई एक लाख रुपियाँ र त्यस बढी रहेकाहरुलाई थप पाँच हजार रुपियाँ अनुदान दिएको जनाएको छ । यो कार्यक्रमबाट व्यक्तिगत, सामूहिक र सहकारीमा आवद्ध सबै खाले किसानले लाभ लिएको केन्द्रका चिनेश्वर मेहताले जानकारी दिनुभयो ।
आव २०७७÷७८ मा भैसी ब्लक सञ्चालनका लागि प्रदेश सरकारको ७० लाख र किसानको साझेदारी सहित यो वर्ष एक करोड २७ लाखको भैँसी ब्लक विकास कार्यक्रम सम्पन्न भएको प्रमुख चौधरीले बताउनुभयो । अनुगमनमा सांसद भिम आर्चायका स्वकिय सचिव अनिल राजधामी, जगदिश प्रसाद कुसियैतका स्वकिय सचिव केशव मैनाली, प्रदिप कुमार भण्डारीका स्वकिय सचिव गिरीराज अधिकारी, राजिव कोईरालाका स्वकिय सचिव रन्जेश भट्टराई, गोपाल राजभण्डारीका स्वकिय सचिव अच्युत भण्डारी, सर्वश्वज साँवाका स्वकिय सचिव उज्वल सिंग्देल र निल बस्नेतका स्वकिय सचिव गंगाबहादुर खड्का सहितको २५ जनाको सहभागिता रहेको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहेको पशु सेवा विज्ञ केन्द्रले भैसी ब्लक सहित घास विकास कार्यक्रम, बृहतर बाख्रा पकेट कार्यक्रम, युवा लक्ष्ति कार्यक्रम, मत्स्य ब्लक , सहकारी मार्फत कृतिभ गर्भधान कार्यक्रम समेत सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी राम प्रसाद मेहताले जानकारी दिनुहुदै अपेक्षित लाभ लिन किसानको मेहनत र लगनशीलताको आवश्यकता बताउनुभयो । जिल्लामा मासु, माछा, दुधमा आत्मनिभर बनाउनका लागि बढी ध्यान दिएको बताउनुभयो ।