जसपाले प्रधानमन्त्रीलाई भन्यो– हाम्रा मागहरु अनिवार्य पूरा गर्नुहोस् – Nagarikabhiyan : National News

जसपाले प्रधानमन्त्रीलाई भन्यो– हाम्रा मागहरु अनिवार्य पूरा गर्नुहोस्

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारलाई आफूहरुले राखेका मागहरु पूरा गर्न ध्यानाकर्षण गराएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो ।

संविधान संशोधन र रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा तत्काल कदम चाल्न उनीहरुले आग्रह गरेका छन् ।

‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत समस्याहरूको समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जसपाले विश्वासको मत दिने निर्णय गरेको हो,’ जसपाले आज विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

साथै जसपाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यबाद पनि दिएको छ। पार्टीले उठाएका माग सम्बोधन गरेकोले ओलीलाई धन्यबाद दिएको छ।

साथै जसपाले कोरोना महामारीमा परेका आर्थिक अवस्था कमजोर भएकालाई तत्काल राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ। बाढीपहिरोमा परेकाहरूलाई सहयोग गर्न पनि जसपाको माग छ।