ठाकुर–महतो पक्ष नयाँ रणनीति बनाउँदै – Nagarikabhiyan : National News

ठाकुर–महतो पक्ष नयाँ रणनीति बनाउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि त्यसको समीक्षा गर्न जनता समाजवादी पार्टी, नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी छ ।
देउवालाई विश्वासको मत दिएपछिको परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बसेको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएको जसपाको ठाकुर–महतो पक्ष आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिने बेलामा देउवा पक्षमा उभिएको थियो ।
बैठकले पछिल्लो राजनीति अवस्थाको समीक्षा गर्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा नयाँ रणनीति बनाउने एक नेताले जानकारी दिए ।