आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै – Nagarikabhiyan : National News

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ। आज ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने उनले बताए।

आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एक नेताले बताए।