ओली पक्षका यी सांसदले पनि दिए देउवालाई विश्वासको मत
३ श्रावण २०७८, आईतवार २२:०४
काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन्। त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन्। उनीहरू विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै लबीमा प्रवेश गरेका छन्।
ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो। आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया