रामनगर भुटाहा मा मोटरसाइकलको ठक्कर बाट एक बालिका गम्भीर घाइते – Nagarikabhiyan : National News

रामनगर भुटाहा मा मोटरसाइकलको ठक्कर बाट एक बालिका गम्भीर घाइते

देवानगन्ज । रामनगर भुटाहा मलाह टोलमा भारतीय नंबर प्लेट भएको मोटरसाइकलको ठक्कर बाट एक बालबालिका गम्भीर घाइते भएको छ ।

हरिनगर गाउँपालिका २ रामनागर भुटाहा मलाह टोलमा नर्सिङ्ग बाट रामनगर भुटाहा तिर आउदै गरेको सुरेन्द्र मण्डल को BR 38 R 8108 नम्बर प्लेटको भारतीय मोटरसाइकल को ठक्कर बाट सोही मलाह टोल का स्थानीय सन्तोष मलाह को ५ बर्षिया छोरी लक्ष्मी मलाह गम्भीर घाइते भएको छ।
घाईते मलहा को सुनसरी जिल्ला अस्पताल इनरुवा मा उपचार भइरहेको छ ।