एमालेका दोस्रो तहका नेताहरु पुनः सक्रिय
३१ असार २०७८, बिहीबार १९:५०
काठमाडौं । पार्टी एकता धरापमा परेपछि सहमतिका लागि भएको दशबुँदे विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः सक्रिय भएका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो ।
सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर मात्र आए पार्टीमा स्थान दिने बताएका छन् ।
सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले बिहीबार अनौपचारिक छलफल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया