दोस्रो चरणको राहत वितरण
३० जेष्ठ २०७७, शुक्रबार १६:५९
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरेको छ । लकडाउनका कारणले हातमुख जोड्न समस्या रहेका परिवारलाई बल्ल दोस्रो चरणको राहत वितरण गरेकाको हो ।
इनरुवा नगरपालिकाले करिब अढाई महिना पछि दोस्रो चरणको राहत वितरण गरेको पीडितहरुले बताएका छन ।
इनरुवाको ४ नम्बर वडाले एक हजार तीन सय परिवारलाई प्रति परिवार २५ केजीका दरले दोस्रो चरणको राहत वितरण गरेको वडा अध्यक्ष श्यामदेव मेहताले जानकारी दिनुभयो ।
उता अन्य वडाहरुले समेत दोस्रो चरणको राहत वितरण गरीरहेको नगर प्रमुख राजन मेहताले जनाकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया